भारतले ‘फ्रेस जिन्जर’ माथिको प्रतिबन्ध हटाए पनि अन्य समस्या यथावत
काठमाडौं, २१ असार । भारतले नेपाली ‘फ्रेस जिन्जर’ (अदुवा) माथिको प्रतिबन्ध हटाएको छ । भारत सरकारको उक्त निर्णयले नेपालको फ्रेस जिन्जरको आयात खुला भएको नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश न १ अध्यक्ष नरेन्द्र खड्काले जानकारी दिए ।
भारतमा फ्रेस जिन्जर अन्य मुलुकबाट आयातमा प्रतिबन्ध थियो । यसअघि नेपाली अदुवा आयातमा रोक लगाउन पनि भारतले विभिन्न प्रयास गरेको थियो । भारतले उक्त सूचिबाट नेपाललाई हटाए पनि अन्य समस्या भने यथावत रहेको उनले बताए । भारतले केही वर्षयता विभिन्न बहानामा अदुवा तथा अन्य कृषि उजको आयातमा कडाई गर्दै आएको छ । जसको कारण विगतमा नेपालमा निर्यात व्यवसायीहरुले पनि ठुलो समस्या भोग्दै आएका थिए ।
अर्थको अर्थसँगको कुराकानीमा अध्यक्ष खड्काले भने ‘यो प्रतिवन्ध हटाएपनि अन्य कृषि उजमा जस्तै अदुवामा अहिले पनि समस्या छ । हामीले निर्यातमा अनेकन झमलेला भोग्नुपर्ने बाध्यता छ । यसतर्फ दुबै देशले ध्यान दिन जरुरी छ ।’
नेपालको प्रमुख निर्यात बजार भारत भए पनि विभिन्न बहानामा समस्या सृजन हुने गरेको भन्दै उनले दोस्रो बजारको खोजी गर्नुपर्ने आवश्यकता औल्याए ।