साउन महिनाका लागि पनि वाणिज्य बैंकहरूले घटाए ब्याजदर
काठमाडौं, ३१ असार । साउन महिनाका लागि पनि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर थप घटाएका छन् । सञ्चालनमा रहेका २० मध्ये १३ बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर घटाएका हुन् ।
यस्तै २ बैंकले निक्षेपको ब्याजदर बढाएका छन् भने बाँकी ५ बैंकको ब्याजदर स्थिर छ।
असारमा बैंकहरुले व्यक्तिगत मुद्दतीमा दिएको औसत ब्याजदर ६.९० प्रतिशत रहेकोमा साउनमा घटेर ६.७३ प्रतिशतमा झरेको छ ।
गत असारको तुलनामा साउनमा एभरेस्ट र कृषि विकास बैंकले ब्याजदर केही बढाएका छन् । असारमा ५.६६ रहेको कृषि बिकास बैंकको मुद्दती निक्षेपको ब्याजदर साउनमा ६.२९ र असारमा ५.७५ रहेको एभरेस्ट बैंकको मुद्दती निक्षेपको ब्याजदर साउनमा ६.३ पुगेको हो ।
यस्तै लक्ष्मी सन्राइज बैंक, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेपाल एसबिआइ बैंक र स्ट्याण्डर्ड चार्टड बैंककाे ब्याजदर स्थिर छ।