१७.१८ अंकले घटेकाे नेप्सेमा ८ अर्ब ७३ कराेडकाे काराेबार
काठमाडाैं, ३१ असार । चालु आर्थिक वर्षको अन्तिम दिन साेमबार सेयर बजार मापक नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ ।
आज नेप्से परिसूचक १७.१८ अंकले घटेर २२ सय ४० दशमलव ४१ बिन्दुमा कायम भएकाे छ ।
यस दिन २ कराेड ५० लाख ७९ हजार ७९ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ कराेड १४ लाख ३६ हजार बराबरकाे काराेबार भएकाे छ ।
आज ५६ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १८४ वटाकाे घटेकाे छ । यस्तै २ वटाकाे स्थिर छ ।
घटेकाे बजारमा माण्डु हाइड्राेपावर र सिभिल बैंक डिवेञ्चरकाे सेयर मूल्य १० प्रतिशतले बढेकाे छ भने जानकी फाइनान्स कम्पनीकाे सेयर मूल्य १० प्रतिशतले घटेकाे छ ।