साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुसन इनिसियटिभको नेतृत्व नेपाल राष्ट्र बैंकले गर्ने
काठमाडाैं, १९ भदाै । साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुसन इनिसियटिभ (सार्फी) को अध्यक्षमा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी नियुक्त भएका छन् ।
मध्यअमेरिकी मुलुक एल्साल्भाडोरको राजधानीमा २ सेप्टेम्बरदेखि जारी एलायन्स फर फाइनान्सियल इन्क्लुसन (एउफआई) ग्लोबल पोलिसि फोरम अन्तर्गत आज आयोजित ५औं सार्फी लिडर्स राउन्टेबलको मा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैंकलाई हस्तान्तरण भएको हो ।
सो अवसरमा गर्भनर अधिकारीले भर्चुअल माध्यमबाट सहभागीता जनाएर अध्यक्षता ग्रहण गरे । यस्तै बैठकले स्टेट बैंक अफ पाकिस्तान लाई उपाध्यक्ष चयन गरेको छ ।