९०.७३ अंकले घट्याे नेप्से परिसूचक, काराेबार रकममा पनि गिरावट
काठमाडाैं, १९ भदाै । बुधबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा भारि अंककाे गिरावट आएको छ । आज नेप्से परिसूचक ९० दशमलव ७३ अंकले घटेर २ हजार ७ सय ३० दशमलव ४६ बिन्दुमा झरेकाे छ ।
यस दिन कुल ३१ कम्पनीको मूल्य बढेको छ भने भने २१३ कम्पनीको मूल्य घटेको छ । यस्तै १ कम्पनीको मूल्य स्थिर रहेको छ ।
यसदिन २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ५२ करोड ५६ लाख रुपैयाँ काराबार भएको छ ।
आज घटेकाे बजारमा एक्सेल विकास बैंक, वीन नेपाल लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, समाज लघुवित्त बित्तीय संस्थाकाे सेयर मूल्यमा सकारात्मक सर्किट लागेकाे छ भने कुमारी इक्युटि फण्डकाे सेयर मूलय १० प्रतिशतले घटेकाे छ ।