पाँच महिना देखि तलव नपाएपछि सरकारी कर्मचारी आन्दोलित

जाजरकोट,२७ असार । विगत पाँच महिना देखि तलव नपाएपछि जाजरकोट जिल्ला अस्पतालका कर्मचारी तथा स्वास्थ्यकर्मी आन्दोलन गर्न थालेका छन् । स्वास्थ्यकर्मीले एक सातादेखि आन्दोलन गर्दै आएका छन् । इमरजेन्सी सेवा समेत बन्द गरेर कर्मचारी आन्दोलनमा उत्रिएका छन् ।
समयमा बजेट निकासा नहुँदा जाजरकोट अस्पताल र भेरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले तलबभत्ता पाउन नसकेका हुन् । यसअघि हरेक महिना तलबभत्ता बुझ्दै आएका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्था, स्थानीय तह मातहतमा गएपछि समयमा तलब खान नपाएको बताएका छन् । भेरी नगरपालिका मातहतका स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा कार्यरत चिकित्सकदेखि कार्यालय सहयोगीले गत फागुनदेखि तलब भत्ता पाएका छैनन् ।