विकास बजेटको ६० प्रतिशत मात्र खर्च, राजस्वको लक्ष्य भेट्न कठिन

काठमाडौ, २७ असार । चालू आर्थिक वर्ष सकिन ६ दिन बाँकी रहदा हाल सम्म कुल बजेटको ७६ प्रतिशत मात्र खर्च भएको छ । यसैगरी विकास बजेटको तर्फभने ६० प्रतिशत मात्र खर्च भएको छ अझै पनि कुल बजेटको एक तिहाइ भन्दा बढी रकम खर्च हुन बाँकी । जसले राजश्वको लक्ष्य भेटन कठिन हुने देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकअनुसार चालू आर्थिक वर्षको २५ असारसम्ममा पुँजीगततर्फको जम्मा ६० दशमलव ५५ प्रतिशत खर्च भएको छ । यो भनेको कुल बजेटमध्ये २ खर्ब २ अर्ब रुपैयाँ हो । जबकि, पुँजीगत खर्चअन्तर्गत ३ खर्ब ३५ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो ।
महालेखाको तथ्यांकअनुसार चालू बजेट भने ८४ दशमलव २८ प्रतिशत खर्च भएको छ । यो कुल बजेटको ६ खर्ब ७७ अर्ब रुपैयाँ हो । यो शीर्षकमा ८ अर्ब ३ अर्ब रुपैयाँ बजेट विनियोजन भएको छ । यस्तै, वित्तीय व्यवस्थापनतर्फ ९४ अर्ब ८४ करोड रुपैयाँ खर्च भएको छ । यो रकम वित्तीय व्यवस्थापन शीर्षकअन्तर्गत विनियोजित कुल बजेटको ७६ प्रतिशत हो । यो शीर्षकमा १ खर्ब ४१ अर्ब रुपैयाँ विनियोजन भएको छ।
महालेखाको तथ्यांकअनुसार हालसम्म राजस्वतर्फ लक्ष्यको ९३ दशमलव १५ प्रतिशत अर्थात् ६ खर्ब ८० अर्ब रुपैयाँ संकलन भएको छ । सरकारले आर्थिक वर्ष २०७५÷७५ मा ७ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य लिएको छ ।
चालू आर्थिक वर्षका लागि विकास खर्च तर्फ छुट्याइएको बजेटबाट असार लागेपछि दैनिक अर्बौं रुपैयाँ खर्च हुदै आइरहेछ । यसदे गर्दा अघिल्ला बर्ष जस्तो यस बर्ष पनि असारे विकासको बाढी निरन्तर देखिन्छ ।