ज्वयलङ/एसएमआर ब्रान्डका विद्युतीय गाडी किन्न रिलायन्स फाइनान्सले कर्जा दिने
काठमाडाैं १६ असाेज ।ज्वयलङ/एसएमआर ब्रान्डका विद्युतीय गाडी खरिद गर्नेग्राहकलाई रिलायन्स फाइनान्स लिमिटेडले प्रतिस्पर्धी ब्याजदरमाकर्जा दिने भएको छ ।
यी गाडीका ग्राहकलाई सरल रुपमाकर्जा उपलब्ध गराउने सम्बन्धमा नेपालका लागि ज्वयलङ र एसएमआर ब्रान्डका विद्युतीय गाडीको अधिकृत विक्रेतापूजा कन्स्ट्रक्सन नेपाल प्रालिर रिलायन्स फाइनान्स लिमिटेडबीच व्यावसायिक सहकार्य सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअन्र्तगतयीदुवै ब्रान्डका विद्युतीयसवारीसाधनखरिद गर्ने ग्राहकलाई रिलायन्सले सजिलैसँग ७० प्रतिशतसम्मकर्जा प्रदान गर्नेछ । फाइनान्स कम्पनीले आकर्षक र प्रतिस्पर्धी ब्याजदर, लचिलो ऋण अवधिका साथै सम्पूर्ण प्रक्रियामाव्यक्तिगत परामर्श समेत दिनेछ ।
सम्झौतामापूजा कन्स्ट्रक्सन नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत विवेक बिजुक्छे र रिलायन्स फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
यो सहकार्यले ज्वयलङ/एसएमआर ब्रान्डका विद्युतीय सवारीसाधन किन्न चाहने ग्राहकलाई थप सुविधा हुने र नेपाली बजारमा गाडी खरीद गर्न चाहने ग्राहकको आकांक्षा पूरा हुने अपेक्षा गरिएको छ ।
७० प्रतिशतसम्मको कर्जा सुविधाले वातावरणमैत्री विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्ने छ ।
हायर पर्चेज शीर्षकको उक्त कर्जा ग्राहकले रिलायन्स फाइनान्सको काठमाडौं उपत्यकाको हकमा सीतापाइला शाखाबाट र उपत्यका बाहिरको हकमा सबै शाखाबाट लिन सक्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
पूजा कन्स्ट्रक्सन प्रालि नेपालको प्रतिष्ठित व्यापारिक घराना विशाल ग्रुपअन्तर्गतको कम्पनी हो ।