नेप्सेमा दाेहाेराे अंककाे गिरावट, ६ अर्ब ७७ करोडको कारोबार
काठमाडाैं १६ असाेज । बुधबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज २६.इ७ अंकले घटेको नेप्से परिसूचक २५ सय ९७ दशमलव ४९ बिन्दुमा झरेको छ ।
यसदनि १ करोड ५१ लाख ९९ हजार ७६३ कित्ता शेयर खरिद बिक्रि हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज ५४ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १८७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ ।
यसदिन थ्रिस्टार हाइड्राेपावरकाे सेयर मूल्य १० प्रतिशतले बढेकाे छ भने वीन नेपाल लघुवित्त र ङादी हाइड्रोकाे सेयर मूल्य क्रमशः १० र ९.२० प्रतिशतले घटेकाे छ ।