Date

बिहि, कार्तिक १५, २०८१
Thu, October 31, 2024

उपप्रधानमन्त्री सिंह र भारतीय अधिकारीबीच नेपालको ग्रामिण बैंक विकासका बारे छलफल

उपप्रधानमन्त्री सिंह र भारतीय अधिकारीबीच नेपालको ग्रामिण बैंक विकासका बारे छलफल

काठमाडाैं १६ असाेज । भारत सरकारको प्रत्यक्ष कर सल्लाहाकार समितीका सदस्य तथा प्रगति कृष्ण ग्रामिण बैंकका डाइरेक्टर राघबेन्द्र धिराले नेपालका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहसँग भेट गरेका छन् ।

उपप्रधान मन्त्रीको कार्यकक्षमा भएको भेटवार्तामा दुई देशका बैंक बिचको सहकार्य , डिजिटल प्रबिधि , ग्रामिण बैंकहरुको बिकासका र प्रर्वद्धन , विशेषगरी दुवै देशका उद्यमशीलताका अवसरहरू र बैंकिङ तथा आर्थिक सहकार्यका उपायहरूबारे छलफल भएको थियो । बैठकमा नेपालमा वित्तीय समावेशीकरण र व्यावसायिक वातावरण सुदृढ गर्न सहकार्यको आवश्यकतामा जोड दिइएको छ ।

उपप्रधान मन्त्री तथा सहरी बिकास मन्त्री प्रकाशमान सिंहले भारतीय अधिकारीसँग नेपालको धार्मिक र सांस्कृतिक पर्यटनलाई प्रवर्द्धन गर्ने बिषय र दुवै देशको साझा सम्पदाको उपयोग गर्न सकिने बिषयलाई कार्यन्वयन गर्नमा आफूहरु इच्छुक भएको जानकारी दिए ।

त्यसै गरी नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग भएको भेटमा शिक्षा क्षेत्रको सुधार, विकास र नेपालको सांस्कृतिक तथा धार्मिक पर्यटन प्रवर्द्धन, र बैंकिङ सहकार्यका सम्भावनाहरूबारे छलफल भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीका निकट्त्म राघबेन्द्र धिरा हाल प्रगति कृष्ण ग्रामीण बैंक, बेल्लारीका निर्देशकको रूपमा महत्वपूर्ण भूमिका निभाएका छन् । उनले भारतको प्रगति जन धन योजनाअन्तर्गत उद्यमीहरूलाई साना तथा ठूला ऋण उपलब्ध गराउने योजनाहरूको नेतृत्व गरेका छन् । जुन एक सफल योजना मध्येको एक हो ।

भारतीय अधिकारीले केन्द्रीय प्रत्यक्ष कर बोर्ड, एमएसएमई बोर्ड, स्टिल उपभोक्ता परिषद्, र अखिल भारतीय हस्तकला बोर्डमा समेत आफ्नो सक्रिय भूमिका निर्वाह गरेका छन्। उनका नेतृत्वमा रहेको बैंकिङ र अन्य उद्योगहरूको अनुभवले नेपालको आर्थिक र व्यावसायिक विकासमा पनि योगदान पु¥याउन सक्ने अपेक्षा गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x