Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

दुई महिनामा दुई अर्ब ७५ करोड ३३ लाख रुपैया बराबरको बिमा पोलिसी सरेन्डर

दुई महिनामा दुई अर्ब ७५ करोड ३३ लाख रुपैया बराबरको बिमा पोलिसी सरेन्डर

काठमाडाैं १६ असाेज । चालु आर्थिक वर्ष २०८१/८२ को दुई महिनामा पौने ३ अर्बको पोलिसी सरेन्डर भएको छ ।नेपाल बिमा प्राधिकरणका अनुसार साउन र भदौ महिनामा २ अर्ब ७५ करोड ३३ लाख ३९ हजार रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

साउनमा एक अर्ब ५४ करोड ११ लाख रुपियाँ बराबरको १० हजार २९२ वटा पोलिसी सरेन्डर भएको थियो । भदौमा भने एक अर्ब २१ करोड २२ लाख रुपियाँ बराबरको नौ हजार ४४९ वटा पोलिसी सरेन्डर भएको प्राधिकरणको तथ्यांकले देखाएको छ ।

 सेरेन्डर भएका बिमा कम्पनी मध्ये एलआईसी नेपालमा सबै भन्दा धेरै ८७ करोड १५ लाख ५८ हजार रुपियाँ बराबरको पाँच हजार २२३ वटा पोलिसी सरेन्डर भएका छन् ।यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ८१ करोड ५३ लाख २३ हजार रुपियाँ बराबरको चार हजार ७९९ वटा पोलिसी सरेन्डर भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x