दशैँ बिदापछिकाे पहिलाे काराेबार दिन ३१.४८ अंकले बढ्यो शेयर बजार
काठमाडाैं, २९ असाेज । दशैं बिदापछिका पहिलाे काराेबार दिन सयर बजार मापक नेप्से दाेहाेराे अंकले बढेकाे छ । आज नेप्से परिसूचक ३१ दशमलव ४८ अंकले बढेर २६ सय ९९ दशमलव ६६ बिन्दुमा पुगेकाे छ ।
आज नेप्से परिसूचक बढेपनि काराेबार रकम भने घटेकाे छ । यसदिन ६४ लाख १७ हजार २६७ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६ कराेड २३ लाख ३७ हजार रुपैयाँमा कारोबार भएका छन् । गत बुधबार तीन अर्ब ७६ करोड रुपैयाँकाे कारोबार भएको थियो।
आज जानकी फाइनान्स र मिथिला लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ भने मिड सोलु हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।