जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवाको तयारीमा सरकार
रुपन्देही ३१ असार । सरकारले जग्गाको कित्तकाटमा लगाएको प्रतिवन्द्ध फुकुवाको तयारी गरेको छ । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनाल बलदेवले जग्गा व्यवस्थापन सम्बन्धी आवश्यक नीति बनाएर कित्ताकाटमा देखिएको गाँठो फुकाउन कृषि मन्त्रालय लगेको बताएका छन् । रुपन्देहीमा भएको कार्यक्रमा उनेले मन्त्रालयले आवश्यक गृहकार्य गरीरहेको र प्रधानमन्त्रीसँग समेत कुरा भएको भन्दै जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध एक महिनामा फुकुवा गर्ने बताएका हुन । मन्त्रालयको अनुसार साउन २६ मा तत्कालीन भूमि सुधारमन्त्री गोपाल दहितको मन्त्रिस्तरीय निर्णयबाट वर्षमा एक पटक वा अदालतको फैसला र अंशबन्डामा मात्र कित्ताकाट गर्न पाउने व्यवस्था कायम गरिएको छ ।