Date

शुक्र, पुस २६, २०८१
Fri, January 10, 2025

पहिलो किस्ताको ४० प्रतिशत आयकर पुस मसान्तभित्रै बुझाउन करदाताहरुलाई आन्तरिक राजस्व विभागको निर्देशन

पहिलो किस्ताको ४० प्रतिशत आयकर पुस मसान्तभित्रै बुझाउन करदाताहरुलाई आन्तरिक राजस्व विभागको निर्देशन

काठमाडाैं, २५ पुस । आन्तरिक राजस्व विभागले कर दाताहरूमा चालु  आर्थिक वर्ष २०८१/८२ काराेबारकाे अनुमानित करकाे विवरण र साे विवरण अनुसार तिर्नुपर्ने आयकरकाे पहिलो किस्ता दाखिला गर्न सूचना जारी गरेकाे छ ।

विभागले आर्थिक वर्ष २०८१/८२ काराेबारकाे अनुमानित करकाे विवरण र साे विवरण अनुसार तिर्नुपर्ने आयकरकाे पहिलो किस्ता बापतको ४० प्रतिशतले हुने रकम यहि पुस मसान्तसम्म कर विवरण बुझाउन निर्देशन दिएको हाे ।

‘आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा ९१० बमोजिम आर्थिक वर्ष २०८१/८२ को आयकरको किस्ता रकम दाखिला गर्नुपर्ने कर दाताहरूले दफा ९५ बमोजिम आर्थिक वर्ष २०८१/८२ को कारोबारको अनुमानित करको विवरण र तिर्नुपर्ने आयकरको ४० प्रतिशतले हुने रकम ठूला करदाता कार्यालय, मध्यमस्तरीय करदाता कार्यालय, सम्बन्धित आन्तरिक राजस्व कार्यालय वा सम्बन्धित कर दाता सेवा कार्यालयमा दाखिला गर्न अनुरोध छ’ जारी सूचनामा भनिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x