Date

बिहि, जेष्ठ ८, २०८२
Thu, May 22, 2025

नेपाल स्टक एक्सचेन्जका नयाँ सीईओ चुडामणि चापागाईंले नियुक्ति पत्र प्राप्त गरे

नेपाल स्टक एक्सचेन्जका नयाँ सीईओ चुडामणि चापागाईंले नियुक्ति पत्र प्राप्त गरे

काठमाडाैं, १९ चैत्र । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले आफ्नो नियुक्ति पत्र प्राप्त गरेका छन्।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चापागाईंलाई नेप्सेको सीईओ पदमा नियुक्त गरेको थियो। राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई औपचारिक रूपमा नियुक्ति पत्र प्रदान गरेका हुन्।

चुडामणि चापागाईं हालसम्म सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा डेपुटी जनरल म्यानेजरको रूपमा कार्यरत थिए। बैंकिङ्ग क्षेत्रमा लामो अनुभव बोकेका चापागाईंलाई नेपालको पुँजी बजार सुधार र प्रविधिमैत्री बनाउनुपर्ने चुनौती रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *