Date

मङ्ल, भदौ १०, २०८२
Tue, August 26, 2025

एक लाख कित्तासम्म आवेदन दिन सकिने गरी पियोर इनर्जीको आईपीओ निष्काशन

एक लाख कित्तासम्म आवेदन दिन सकिने गरी  पियोर इनर्जीको आईपीओ निष्काशन

काठमाडौं, २८ चैत्र। पियोर इनर्जी लिमिटेडको साधारण शेयर (आईपीओ) निष्काशन गरिएको छ । यस कम्पनीको आईपीओ बिहीबारदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएको हो ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको थियो । आजदेखि भने सर्वसाधारणका लागि आईपीओ निष्काशन गरिएको हो । कम्पनीले ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । जसको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको छ ।

सर्वसाधारणले कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। वैशाख २ गतेसम्म बिक्री खुल्ला गरिने कम्पनीले जनाएको छ । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *