विदेशी उद्योगका २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह
काठमाडौ,२१ साउन । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ ।
आर्थिक वर्ष २०७४÷७५ मा विभागले भारत र चीनमा उत्पादित २० उद्योगबाट उत्पादित २५ वस्तुलाई एनएस चिन्ह प्रदान गरेको हो । जसमा आठ उद्योगका १३ सिमेन्ट, २ कम्पोजिट सिलिण्डर , ३ एलपीजी सिलिण्डर, ३ एलपीजी भल्व, ३ आइरन बार र १ एलपीजी रेगुलेटर उद्योग रहेका छन् ।
विभागले चिनियाँ एउटा मात्र रेगुलेटर कम्पनी निग्वो सुआई छिनलाई एनएस चिन्ह प्रदान गरेको छ भने अन्य सबै भारतीय वस्तु तथा उद्योगलाई नेपाल गुणस्तर चिन्ह प्रदान गरेको विभागले जनाएको छ ।