Date

आइत, असार १, २०८२
Sun, June 15, 2025

चार उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को सिफारिस

चार उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्तिका लागि न्याय परिषद्को सिफारिस

काठमाडाैं, ३० जेष्ठ । न्याय परिषद्ले देशका विभिन्न चार उच्च अदालतमा मुख्य न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। शुक्रबार बिहान प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको परिषद्को बैठकले सो निर्णय गरेको हो।

परिषद्ले उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा कार्यरत न्यायाधीश राजन प्रसाद भट्टराई, उच्च अदालत पाटनका न्यायाधीश लालबहादुर कुँवर, हाल तुल्सीपुरमा कार्यरत तर उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासमा पदस्थापन भएका न्यायाधीश हरि प्रसाद भण्डारी र उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा कार्यरत न्यायाधीश राजेश्वर तिवारीलाई मुख्य न्यायाधीशमा नियुक्त गर्न सिफारिस गरेको हो।

न्याय परिषद्ले उनीहरूको कार्यस्थलसमेत निर्धारण गरेको छ। सिफारिसअनुसार राजन प्रसाद भट्टराईलाई उच्च अदालत विराटनगर, लालबहादुर कुँवरलाई उच्च अदालत पाटन, हरि प्रसाद भण्डारीलाई उच्च अदालत सुर्खेत, र राजेश्वर तिवारीलाई उच्च अदालत तुल्सीपुरमा पदस्थापन गरिनेछ।

न्याय परिषद्को यस निर्णयसँगै उच्च अदालतमा रिक्त रहेका नेतृत्व तहका पदमा स्थायित्व आउने अपेक्षा गरिएको छ। हाल देशभर २४ वटा उच्च अदालतमा न्यायाधीशहरूको पद रिक्त रहेको छ, जसलाई क्रमशः भर्नका लागि न्याय परिषद्ले आवश्यक प्रक्रिया अघि बढाइरहेको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *