Date

शुक्र, साउन २३, २०८२
Fri, August 8, 2025

बजेट न्यायोचित रुपमा विनियोजन हुन सकेन : सांसद बस्नेत

बजेट न्यायोचित रुपमा विनियोजन हुन सकेन : सांसद बस्नेत

काठमाडौं, ६ असार  । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले विनियोजन विधेयक, २०८२ मा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय शीर्षकको खर्च रकममा एक रुपैयाँ घटाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन् ।

प्रतिनिधिसभाको शुक्रबारको  बैठकमा बोल्दै उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बजेट बढेपनि न्यायोचित रुपमा विनियोजन हुन नसकेको भन्दै असहमति जनाए ।

उनले भने ‘कुनै निर्वाचन क्षेत्रमा त सडक पूर्वाधार विकासका लागि बजेट नै परेको छैन । योभन्दा गैरजिम्मेवारी के हुनसक्छ ?’, बस्नेतले भने, ‘ठूला करिडोरका बबजेट समेत घटेको छ । कुनै जिल्लाका पूर्वाधार विकासमा बजेट नै बजेट तर कुनै जिल्लामा बजेट नै नहुने ? यो न्यायसङ्गत भएन ।’

 

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *