Date

शनि, भदौ ७, २०८२
Sat, August 23, 2025

नेपाल राष्ट्र बैंकद्वारा सोमबारका लागि विदेशी विनिमय दर निर्धारण: अमेरिकी डलरको भाउमा सामान्य गिरावट

नेपाल राष्ट्र बैंकद्वारा सोमबारका लागि विदेशी विनिमय दर निर्धारण: अमेरिकी डलरको भाउमा सामान्य गिरावट

काठमाडाैं, ९ असार । नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विभिन्न विदेशी मुद्राहरूको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार, आज अमेरिकी डलरको खरिद दरमा सामान्य गिरावट आएको छ ।

आज अमेरिकी डलरको खरिद दर १३८ रुपैयाँ २४ पैसा र बिक्री दर १३८ रुपैयाँ ८४ पैसा तोकिएको छ । त्यसैगरी, युरो एकको खरिद दर १५९ रुपैयाँ २९ पैसा र बिक्री दर १५९ रुपैयाँ ९८ पैसा कायम भएको छ । एक बेलायती पाउण्ड स्टर्लिङको खरिद दर १८५ रुपैयाँ ९३ पैसा र बिक्री दर १८६ रुपैयाँ ७४ पैसा रहेको छ । स्विस फ्र्याङ्कको खरिद दर १६९ रुपैयाँ ०९ पैसा र बिक्री दर १६९ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।

अष्ट्रेलियन डलरको खरिद दर ८९ रुपैयाँ १७ पैसा र बिक्री दर ८९ रुपैयाँ ५६ पैसा तोकिएको छ । क्यानेडियन डलरको खरिद दर १०० रुपैयाँ ६६ पैसा र बिक्री दर १०१ रुपैयाँ ०९ पैसा छ । सिंगापुर डलरको खरिद दर १०७ रुपैयाँ ३७ पैसा र बिक्री दर १०७ रुपैयाँ ८४ पैसा रहेको छ ।

१० जापानी येनको खरिद दर ९ रुपैयाँ ४६ पैसा र बिक्री दर ९ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ । एक चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ २५ पैसा र बिक्री दर १९ रुपैयाँ ३४ पैसा रहेको छ । साउदी अरेबियन रियालको खरिद दर ३६ रुपैयाँ ८४ पैसा र बिक्री दर ३७ रुपैयाँ ०० पैसा, र कतारी रियालको खरिद दर ३७ रुपैयाँ ९२ पैसा र बिक्री दर ३८ रुपैयाँ ०९ पैसा तोकिएको छ ।

केन्द्रीय बैंकका अनुसार, थाई भाटको खरिद दर ४ रुपैयाँ २१ पैसा र बिक्री दर ४ रुपैयाँ २३ पैसा रहेको छ । यूएई दिरामको खरिद दर ३७ रुपैयाँ ६४ पैसा र बिक्री दर ३७ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । मलेसियन रिङ्गिटको खरिद दर ३२ रुपैयाँ ५१ पैसा र बिक्री दर ३२ रुपैयाँ ६४ पैसा छ । १०० दक्षिण कोरियाली वनको खरिद दर १० रुपैयाँ ०७ पैसा र बिक्री दर १० रुपैयाँ ११ पैसा रहेको छ । स्विडिस क्रोनाको खरिद दर १४ रुपैयाँ ३० पैसा र बिक्री दर १४ रुपैयाँ ३६ पैसा, र डेनिस क्रोनको खरिद दर २१ रुपैयाँ ३५ पैसा र बिक्री दर २१ रुपैयाँ ४५ पैसा तोकिएको छ ।

हङकङ डलरको खरिद दर १७ रुपैयाँ ६१ पैसा र बिक्री दर १७ रुपैयाँ ६९ पैसा रहेको छ । कुवेती दिनारको खरिद दर ४५१ रुपैयाँ ५४ पैसा र बिक्री दर ४५३ रुपैयाँ ५० पैसा छ । बहराइन दिनारको खरिद दर ३६६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६७ रुपैयाँ ८९ पैसा रहेको छ, जबकि ओमानी रियालको खरिद दर ३५९ रुपैयाँ ०५ पैसा र बिक्री दर ३६० रुपैयाँ ६१ पैसा तोकिएको छ ।

१०० भारतीय रुपैयाँको खरिद दर १६० रुपैयाँ ०० पैसा र बिक्री दर १६० रुपैयाँ १५ पैसामा स्थिर राखिएको छ ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *