Date

बुध, असार २५, २०८२
Wed, July 9, 2025

चालु खाता र शोधनान्तर स्थितिमा उल्लेख्य सुधार, प्रत्यक्ष वैदेशिक लगानी पनि बढ्यो

चालु खाता र शोधनान्तर स्थितिमा उल्लेख्य सुधार, प्रत्यक्ष वैदेशिक लगानी पनि बढ्यो

काठमाडौं, २४ असार । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा देशको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ। यस अवधिमा चालु खाता र शोधनान्तर स्थिति दुवै बचतमा रहेको छ भने प्रत्यक्ष वैदेशिक लगानीमा पनि वृद्धि भएको छ।

चालु खातामा ठूलो बचत: चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा चालु खाता ३ खर्ब ७ अर्ब ३१ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब ३८ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा हेर्दा, अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ५१ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा २ अर्ब २६ करोडले बचतमा रहेको छ।

पुँजीगत ट्रान्सफर र प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि: समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ८ अर्ब ९६ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ५ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो। यसैगरी, समीक्षा अवधिमा ११ अर्ब ९ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ८ अर्ब २४ करोड रुपैयाँ रहेको थियो।

शोधनान्तर स्थिति बलियो: समीक्षा अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ९१ अर्ब ४४ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४ खर्ब २५ अर्ब ६७ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३ अर्ब २० करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा ३ अर्ब ६२ करोडले बचतमा रहेको छ।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *