भदौ १४ गते अढाई घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
काठमाण्डौ, ११ भदौ, काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अगामी भदौ १४ गते बिहीबार विहान ८ बजेदेखि साढे १० बजेसम्म नियमित उडान र अवतरण रोकिने भएको छ । उक्त दिन र समयमा विमानस्थलमा अति बिशिष्ट व्यक्तित्व बिमस्टेक शिखर सम्मेलनमा भाग लिन आउने विभिन्न राष्ट्रका प्रमुख तथा प्रतिनिधि सवार विमानहरु अवतरण गर्ने भएकाले सो समयमा विमानस्थल सेवा अवरुद्ध हुने भएको हो ।
शिखर सम्मेलनमा भाग लिन आउने विभिन्न राष्ट्रका प्रमुख तथा प्रतिनिधिको आगमनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल बन्द गर्ने निर्णय भएको र सो समयमा सर्वसाधारणले विमानस्थलमा प्रवेश नपाउने भएका छन् ।
विमानस्थलका प्रमुख राजकुमार क्षेत्रीले भीभीआईपीहरुको आगमन हुने भएकाले नियमित उडान रोक्न लागिएको जानकारी दिए । १४ र १५ गते त्रिभुवन विमानस्थल २४ घण्टा नै खुला राखिनेछ ।