अमेरिकी डलरको भाउ हाल सम्मकै उच्च
काठमाडौं, १५ भद्रौ । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको छ । आज एक अमेरिकी डलर खरिद गर्न १ सय १३ रुपैयाँ २५ पैसा खर्चिनुपर्ने भएको छ ।
यो विनिमय दर हालसम्मकै उच्च हो ।
दुई दिनअघि एक अमेरिकी डलरको विनिमयदर १ सय १२ रुपैयाँ ६५ पैसा थियो । विश्व बजारमा अमेरिकी डलर बलियो बन्दै गएको छ। पछिल्लो समयमा अमेरिकी अर्थतन्त्रमा देखिएको सुधारले विश्व बजारमा डलरको भाउ बढेको विश्लेषकहरुले बताएका छन् । त्यस्तै पछिल्ला दिनहरूमा भारतीय मुद्रा निरन्तर रूपमा कमजोर बन्दै गएकाले पनि नेपाली रुपैयाँ अवमूल्यन भएको हो ।