नेपाल पुनर्बीमा कम्पनीमा एलआईसी लार्ईफ ईन्स्योरेन्सले गर्याे शत प्रतिशत पुनबीमा
काठ्काण्डौँ, १८ भदौ । एलआईसी लार्ईफ ईन्स्योरेन्स कम्पनीले नेपालको एक मात्र पुर्नबिमा कम्पनी नेपाल पुनर्बीमा कम्पनी संग पुनबीमा गरेको छ । मुलुकबाट सेवाको नाममा बीमा कम्पनीहरुले पुनबीमा गराउदाँ बहिरीने करोडौँ रुपैयाँ नेपालमा नै रोक्ने उदेश्यले स्थापित नेपाल पुनर्बीमा कम्पनीमा शत प्रतिशत पुनबीमा गराउने एलआईसी लार्ईफ ईन्स्योरेन्स छटौं जीवन बीमा कम्पनी हो । यस भन्दा अगाडी नेपाल पुनर्बीमा कम्पनीमा सूर्या लाईफ, गुराँस लाईफ, सानिमा लाईफ र राष्ट्रिय बीमा संस्थानले शतप्रतिशत पुनबीमा गराईरहेका छन् ।
कम्पनीले नेपाल देखी बाहेका २८ वटा राष्ट्रका ५५ भन्दा बढी बीमा कम्पनीहरु तथा पुनर्बीमा कम्पनीहरुमा पुनर्बीमाको व्यवसाय गदै आएको छ । गत आर्थिक बर्षमा कम्पनीले करिब ४ अर्ब रुपैयाँको बीमा व्यवसाय गरेको थियो भने चालु आर्थिक बर्षमा ७ अर्ब भन्दा बढीको व्यवसाय गर्ने लक्ष्य राखेको छ ।
२०७१ सालमा स्थापित नेपाल पुनर्बीमा कम्पनीको हाल अधिकृत पुजीँ १५ अर्ब रहेको छ भने बीमा समिती द्धारा र्निधारित १० अर्ब चुक्ता पुजीँ पु¥याउने प्रकृयामा कम्पनी रहेको छ ।