नेप्सेमा दुई दिन कारोबार रोकिँदै
काठमाडाैं, २५ भदाै । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आज र भोलि दुई दिन शेयर कारोबार नगर्ने निर्णय गरेको छ।
नेप्सेले सार्वजनिक गरेको सूचनामा भनिएको छ, “हालको प्रतिकूल परिस्थितिलाई ध्यानमा राख्दै, कारोबारी सदस्य र लगानीकर्ताबाट आएको अनुरोधको आधारमा, शेयर सूचीकरण तथा कारोबार विनियमावलीको नियम २१ (१) बमोजिम, २०८२ साल भदौ २५ र २६ गते सम्पूर्ण प्रतिभूति कारोबार स्थगित गरिएको छ।”
लगातार उत्पन्न भइरहेको अव्यवस्थित परिस्थितिले पूँजीबजारमा असर पारिरहेको भन्दै सावधानीपूर्वक कदमस्वरूप नेप्सेले यस्तो निर्णय लिएको हो। यस अवधिमा नेप्सेमा कुनै पनि किसिमको शेयर कारोबार हुने छैन।



