Date

शनि, कार्तिक १, २०८२
Sat, October 18, 2025

नेपाल टेलिकमको ‘दसैं–तिहार–छठ अफर २०८२’ सार्वजनिक, मोबाइल र एफटीटीएचमा विशेष छुट

नेपाल टेलिकमको ‘दसैं–तिहार–छठ अफर २०८२’ सार्वजनिक, मोबाइल र एफटीटीएचमा विशेष छुट

काठमाडाैं, ६ असाेज । नेपाल टेलिकमले नेपालीहरूको महान चाड दसैं, तिहार र छठ पर्वको अवसरमा आफ्ना ग्राहकका लागि ‘दसैं–तिहार–छठ अफर २०८२’ ल्याएको छ। अफर अन्तर्गत मोबाइल र एफटीटीएच सेवामा विशेष छुट र सहुलियत दर प्रदान गरिने कम्पनीले जनाएको छ।

अफरका प्रमुख सुविधा

  • एफटीटीएच जडानमा छुट: नयाँ एफटीटीएच (फाइबर इन्टरनेट) जडान गर्ने ग्राहकलाई जडान शुल्क रु. ५०० मिनाहा गरिनेछ। यो योजना असोज ६ देखि ३१ गतेसम्म लागू हुनेछ।
  • मोबाइल डाटा प्याकेज: जीएसएम सेवाका ग्राहकले रु. ४९९ मा ५ जीबी फेस्टिवल अनलिमिटेड डाटा र रु. ६९९ मा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा पाउनेछन्। निर्धारित डाटा सकिएपछि क्रमशः २ एमबीपीएस र ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सकिनेछ।
  • भ्वाइस र एसएमएस प्याकेज: रु. २५० मा १००० मिनेट अल–नेट भ्वाइस सुविधा सहितको ‘जोयफूल मिनेट्स’ र रु. ९९ मा १००० अन–नेट एसएमएस सहितको ‘फेस्टिव म्यासेज’ प्याकेज उपलब्ध हुनेछ।

यी प्याकेजहरू प्रिपेड प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेडका लागि ३० दिनसम्म मान्य हुनेछन्। मोबाइल सेवाका प्याकेजहरू असोज ६ देखि २० गते र कार्तिक १ देखि १० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले आफ्नो मोबाइलबाट *141511# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ मार्फत सजिलै सक्रिय गर्न सक्नेछन्।

टेलिकमका अनुसार चाडपर्वको समयमा आफन्तसँग अझ नजिक रहन र डिजिटल सेवाको प्रयोग बढाउन यो अफर ल्याइएको हो।

Sangit Bhattarai

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *