Date

बिहि, अशोज ३०, २०८२
Thu, October 16, 2025

शंकर पोखरेलले भने– सरकार ज्ञानेन्द्र शाह तरिकाको चुनाव गराउने बाटोमा लाग्यो

शंकर पोखरेलले भने– सरकार ज्ञानेन्द्र शाह तरिकाको चुनाव गराउने बाटोमा लाग्यो

काठमाडौं, २३ असोज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सरकारले राजनीतिक दललाई विश्वासमा नलिएसम्म निर्वाचन हुन नसक्ने बताएका छन् । बिहीबार (असोज २३) पार्टीको भक्तपुर जिल्ला कमिटीले गुन्डुमा आयोजना गरेको एक कार्यक्रममा उनले शान्ति सुरक्षाको सम्पूर्ण अख्तियारी नदिएसम्म चुनाव हुन नसक्ने पनि बताए ।

उनले ‘सुरक्षा निकायको मनोबल नउठाउँदासम्म चुनाव कसरी हुन्छ ?’ भनेर प्रश्न गरे । सरकार पूर्वराजा ज्ञानेन्द्र शाहको तरिकाले निर्वाचन गराउने बाटोमा अघि बढेको उनले टिप्पणी गरे ।

“सरकार राजनीतिक दलको विश्वास जित्ने कुरामा होइन, राजनीतिक दलहरूलाई किनारा लगाएर ज्ञानेन्द्र शाहको तरिकाको चुनाव गराउने कुरामा अघि बढ्न खोजिरहेको छ,” उनले भने ।

उनले अगडि भने, “आफ्ना मान्छेहरूलाई भूमिगत गिरोहले चुनावमा जिताएजस्तो जिताउन सकिन्छ कि भन्ने प्रकारको योजना अँध्यारो कोठामा बसेर बनाउने काम भइरहेको छ ।”

उनले ‘गृहमन्त्री ओमप्रकाश अर्याल राज्य चलाउन खोजिरहेका छन् कि विप्लव (उपद्रव) गराउन खोजिरहेका छन् ?’  भनेर प्रश्न गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *