UML सचिवालयको बैठक फेरि आज, ओलीको स्वास्थ्य कारण स्थगित बैठक जारी

काठमाडाैं, २६ असाेज । नेकपा (एमाले) सचिवालयको बैठक फेरि आज बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीको बाँलकोट, भक्तपुरस्थित निवासमा बस्दैछ।
बैठक शुक्रबारदेखि सुरु भएको थियो र प्रारम्भमा शनिबारसम्म जारी राख्ने योजना थियो। तर अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाका कारण शनिबारको बैठक स्थगित गरिएको थियो।
शुक्रबारको सत्रमा ८–९ सेप्टेम्बरमा सम्पन्न जेन जेड आन्दोलनको समीक्षा र पार्टीको आगामी महाधिवेशनको तयारीबारे छलफल भएको थियो।
एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार सचिवालय सदस्यहरूले आजको बैठकमा आफ्नो धारणा प्रस्तुत गर्ने क्रम जारी राख्नेछन्।