गाजा नियन्त्रणमा रहेका नेपाली बिपिन जोशी जीवित, सूचीमा नाम समावेश

काठमाडाैं, २६ असाेज । गाजामा हमासद्वारा नियन्त्रणमा राखिएका नेपाली नागरिक बिपिन जोशी जीवित रहेको पुष्टि भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनको नाम जीवित बन्धकहरूको सूचीमा समावेश गरिएको छ।
यो सूची हमास र इजरायलबीचको पहिलो चरणको योजना अनुसार हुने युद्धविरामअघि सार्वजनिक गरिएको हो। यस अन्तर्गत केही बन्धकलाई सोमबार रिहा गरिने अपेक्षा गरिएको छ।
द वाशिंगटन पोस्टले बिपिन जोशीको नाम जीवित व्यक्तिहरूको सूचीमा रहेको रिपोर्ट गरेको छ। यसअघि सीएनएनले उनको स्थिति ‘अज्ञात’ उल्लेख गरेको थियो। तर, द वाशिंगटन पोस्ट, टाइम्स अफ इजरायल र एसोसिएटेड प्रेसले जारी गरेका पछिल्ला सूचिहरूले बिपिन जोशी जीवित रहेको स्पष्ट पारेका छन्।
नेपाल सरकारले समेत बिपिन जोशीको स्वास्थ्य र सुरक्षा स्थितिबारे नियमित जानकारी लिइरहेको छ।