Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

हाथवे इन्भेष्टमेन्टले आफ्नै भवनबाट संचालनमा

हाथवे इन्भेष्टमेन्टले आफ्नै भवनबाट संचालनमा

काठमाडौं, ४ मंसिर । आइएमई समुहद्वारा प्रवद्धित हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड लैनचौर स्थित आफ्नै भवन हाथवे कम्प्लेक्समा सरेको छ । नयाँ भवनको उद्घाटन कम्पनीका अध्यक्ष हेमराज ढकालले गरेको हुन् ।

यस समुहले पुँजी बजारमा सुचिकृत कम्पनीहरुको शेयरमा लगानी गर्नेछ । पुँजी बजारसंगै कम्पनीले रियलस्टेट, हाईडोपावर, विमा ब्यवसाय जस्ता क्षेत्रहरुमा समेत लगानी गरेको छ । यस कम्पनीले विगतमा समस्याग्रत रहेको एन.वि.इन्स्योरेन्स र अरुण फाईनान्सको शेयर विभिन्न समुहमा ब्यवस्थापन गरी संचालनमा ल्याएको छ ।

उद्घाटनको क्रममा अध्यक्ष ढकालले आगामी दिनमा कम्पनीले प्राईभेट इक्यूटी र भेन्चर क्यापिटलमा कार्य गर्दै जाने बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x