सेन्ट्रल फाइनान्सको संस्थापक सेयर लिलामी खुला
काठमाडौं, ४ असोज । सेन्ट्रल फाइनान्स लिमिटेडले आज देखि ४ लाख ५६ हजार ३ सय ८.७२५ कित्ता संस्थापक सेयर लिलामी खुला गरेको छ । फाइनान्सले यसअघि २ पटकसम्म खुला गर्दा पनि नबिकेपछि आज दखि फेरि तेस्रोपटक लिलामीमा खुला गरेको हो ।
असोज १२ गतेसम्म लिलामी भर्न पाइनेछ । यसमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्ने जनाइएको छ । यसमा प्रतिकित्ता न्यूनतम एक सय रुपैयाँलाई आधार मानेर बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम १ हजारदेखि अधिकतम सबै कित्ताका लागि एनआइबीएल एस क्यापिटल मार्फत आवेदन दिन सक्ने छन् ।