नबिल बैंकले बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना जारी गर्ने
काठमाडौं, ५ असोज । नबिल बैंकले बैदेशिक भ्रमणमा जाने ग्रहकहरुको सुविधालाई मध्य नजर गर्दै बैदेशिक यात्रा स्वास्थ्य बीमा योजना जारी गर्ने भएको छ । बैंकले आफ्नो नियमित सेवाहरुका साथै यो योजना पनि सुरु गरेको हो ।
यो पूर्णत नबिन अवधारणालाई नबिल बैंकले सर्बप्रथम नेपाली बजारमा ल्याएको बैंकद्वारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ। यो सेवाको लागि नबिल बैंकले प्रभु इन्सुरेन्स लिमिटेडसंग साझेदारी गरेको छ । अब नबिल बैंकबाट सेवा लिन आउने ग्राहकहरुले बिना झन्झट बैंकका काउन्टरहरुबाट बैदेशिक यात्रा (ट्राभल) स्वास्थ्य बीमा तुरुन्त खरिद गर्न सक्ने बैंकले जनाएको छ ।
यो योजनाले अचानक र अनपेछित बिरामी, बिदेश बसाइको क्रममा हुने दुर्घटना र जांच गरि हराएका ब्यागेज र राहधानी, यात्रामा ढिलाई, अपहरण जस्ता घटनाहरुबाट हुने क्षतीको भरण गर्ने छ ।