Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

साधारण सभा स्थगनले लगानीकर्ताहरु चेपुवामा

साधारण सभा स्थगनले लगानीकर्ताहरु चेपुवामा

काठमाडौं, ५ मंसिर । नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनीहरुको वार्षिक साधारण सभा समयमा बस्न नसक्दा र स्थगन हुँदा लगानीकर्ताहरु समस्यामा परेका छन् ।

हालैका दिनमा दुई वाणिज्य बैंकहरुको वार्षिक साधारण सभा बस्न नसक्दा लगानीकर्ताहरु मारमा परेका हुन् । कार्तिक ३० गते बस्ने भनिएको सनराइज बैंकको वार्षिक साधारण सभा स्थगन र मंसिर ४ गते मेगा बैंक नेपालको विशेष साधारण सभामा भएको किचलोको कारण लगानीकर्ताहरु समस्यामा परेका छन् । सनराइज बैंकको संस्थापक चयनमा भएको विवाद र मेगा बैंक नेपालको टुरिजम् डेभलपमेन्ट बैंकसंगको मर्जर र स्वाप रेसियोमा आएको विवादको कारण साधारण सभा बस्ने सकेन ।

सनराइज बैंकले शेयरधनीहरुलाई वार्षिक साधारण सभामा १५ प्रतिशत बोनस शेयर दिने भनेको थियो । जसका लागि बैंकले बुक क्योज समेत गरिसेकेको थियो । तर वार्षिक साधारण सभा स्थगन हुँदा शेयरधनीहरुले पाउने लाभांश पछि सरेको छ । यस्तै मेगा बैंकले टुरिजमसंग मर्जरमा जाने प्रक्रियामा रहेकोले बैंकको शेयर कारोबार रोक्का गरिएको छ । यसरी सनराइज बैंकको लाभांश पाउने आशामा लगानीकर्ताहरु फसेका छन् भने अर्काे तर्फ मेगा र टुरिजमको मर्जर पछि शेयर कारोबार गर्न पाउने आशामा अध्याँरो छाएको छ ।

संचालक समितिमा बस्ने सिमित संख्यामा रहेका संचालकहरुको विवादका कारण अधिक संख्यामा रहेको सर्वसाधारण शेयरधनीहरु मारमा परेका छन् । संचालकहरु बिचमा बढेको विवादका कारण यी संस्थाहरुको संस्थागत सुसासनमा प्रश्न उठाउन सकिन्छ । संस्थापक सुशासनमा भएको कमीका कारण संचालकहरुमा विवाद बढेको हो । संचालकहरुले संस्थागत सुशासनलाई पालना नगरी विवाद चर्काएका छन् । आफ्नो स्वार्थपुर्तिका लागि संचालकहरुले विवाद चर्काएर सर्वसाधारण लगानीकर्ताहरुलाई वास्ता नगरेको पाइएको छ । संचालकहरुको विवादको शिकार सर्वसाधारण लगानीकर्ताहरु नै बन्दै आएका छन् ।

यता संस्थागत सुशासन पालना गराउने नियामक निकायहरु मौन भएका छन् । साथै नियामक निकायहरु विच कै तालमेल नमिल्दा संचालकहरुले मनोखुसी गर्न पाएका छन् । ‘बैंक तथा वित्तीय संस्था, वीमा कम्पनीहरुको नियामक निकाय राष्ट्र बैंक र वीमा समिति हुन्, हामीले नेप्सेमा सुचिकृत कम्पनीहरुको नियमन गर्ने हो, तर नियमन भने कडाईको साथ भएको छैन,’ नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले भने । संस्थागत सुशासन कायम गराउन नियामक निकाय बिचको तालमेल मिलाउन आवश्यक रहेको उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x