शेयर बजारमा ३.०८ अंकको वृद्धि
काठमाडौं, ५ मंसिर । गत साताको वुधबार देखी घट्दै गएको शेयर बजार आज मंगलबार बढेको छ । ४६.८६ अंकले घटेको शेयर बजार मंगलबार ३ं.०८ अंकले बढेर १४७२.२४ विन्दुमा पुगेको छ ।
मंगलबार शेयर बजारमा सामान्य उतारचढाप देखियो । शेयरबजार खुल्ना साथ नेप्से तल लागेको थियो । तल झरेर नेप्से १४६५.९८ विन्दुसम्म पुगेको थियो । यस्तै बजार माथि लाग्दा मंगलबार १४८१.१४ विन्दुमा पुग्यो । त्यस पछि विस्तारै बजार तल झरे पनि समग्रमा नेप्से परिसुचक बढेको छ ।
मंगलबार नेप्से परिसुचकमा वृद्धि आए पनि कारोबार रकम र शेयर कित्ता किनबेचको संख्या भने घटेको छ । आज शेयर बजारमा १५९ कम्पनीहरुको ८ लाख ४२ हजार ६८२ कित्ताको किनबेचबाट ३५ करोड ८ लाख १८ हजार २५१ रुपैयाँ करोबार भएको छ ।