Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

निर्यात आयले एक साताको व्यापार पनि धान्न छाड्यो, दुई महिनामा निर्यातको झण्डै १६ गुणा आयात

निर्यात आयले एक साताको व्यापार पनि धान्न छाड्यो, दुई महिनामा निर्यातको झण्डै १६ गुणा आयात

काठमाडौं, १४ असोज । चालु आर्थिक वर्षको दुई महिनामा मुलुकको कुल निर्यात आयले चार दिनको आयात पनि धान्न नसकेको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको दुई महिनाको वैदेशिक व्यापारसम्बन्धि तथ्यांकले यस अवधिमा निर्यातको १५ दशमलव ८ प्रतिशत आयात भएको देखाएको छ । समीक्षा अवधिमा नेपालले कुल २ खर्ब ३२ अर्ब ३५ करोड रुपैँयाको आयात गरेको छ भने वस्तु निकासी १४ अर्ब ७ करोड रुपैँया देखिएको छ । यो अवधिमा मुलुकको व्यापारघाटा २ खर्ब १७ अर्ब ६५ करोड रुपैँया रहेको छ ।

समीक्षा अवधिमा आयात ४२ दशमलव ६ प्रतिशतले वृद्धि भएको छ भने निर्यात ८ प्रतिशतले वृद्धि भएको छ । दुई महिनाको अवधिमा पेट्रोलियम ३५ अर्ब ७१ करोड, फलाम तथा स्टील २५ अर्ब ६७ करोड, मेसिनरी १७ अर्ब ३४ करोड सवारी साधन १७ अर्ब ११ करोड, हवाइजहाज तथा यसका पाटपूर्जा १३ अर्ब ५० करोड रुपैँयाको आयात भएको छ ।
त्यस्तै, निर्याततर्फ एक अर्ब ५६ करोड रुपैँयाको धागो, १ अर्ब ५६ करोड रुपैँया बराबरकै चिया तथा कफी, १ अर्ब ३१ करोड रुपैँयाको कार्पेट, १ अर्ब १० करोड रुपैँयाको फलाम तथा स्टील, १ अर्ब ७ करोड रुपैँयाको तयारी पोशाक निर्यात भएको भन्सार विभागले उल्लेख गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x