Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

६६६ स्थानीय निकायसम्म वाणिज्य बैंकका शाखा

६६६ स्थानीय निकायसम्म वाणिज्य बैंकका शाखा

काठमाडौं, १४ असोज । मुलुकमा संघियता कार्यान्वयनसँगैे हालसम्म ६६६ स्थानीय निकायसम्म वाणिज्य बैंकहरु पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

७ वटा प्रदेशमा कुल ७५३ स्थानीय निकायमध्ये ६६६ वटामा वाणिज्य बैंकहरु पुगेका हुन् । केन्द्रीय बैंकले नीति मार्फत् नै सबै स्थानीय निकायमा वाणिज्य बैंकहरु पुग्नुपर्ने बताउँदै आएको छ ।

राष्ट्र बैंकको तथ्यांक अनुसार प्रदेश १ को १३७ स्थानीय निकायमध्ये ११८ स्थानमा बैंक पुगेका छन् भने प्रदेश २ मा १३६ स्थानीय निकायमध्ये १३० स्थानमा बैंक पुगेका छन् ।

यस्तै प्रदेश ३,४,५,६ र ७ मा क्रमशः ११९, ८५, १०९, ७९ र ८८ स्थानीय निकायमा क्रमशः १०८, ८०, १०५, ५९ र ६५ स्थानमा वाणिज्य बैंक पुगेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x