बैंकिङ प्रणालीमा तरलता बढी भएपछि राष्ट्र बैंकद्वारा ५ अर्वको रिभर्स रिपो जारी

काठमाडौं, १४ असोज । बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएको भन्दै नेपाल राष्ट्र बैंकले वित्तिय बजारबाट आईतबार पैसा उठाउदैछ । लगानी योग्य रकम वित्तिय प्रणालीमा बढी भएकाले केन्द्रिय बैंकले ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्ने भएको हो ।

राष्ट्र बैंकका अनुसार उक्त रिर्भस रिपोमा वाणिज्य बैंक, विकास बैंक, र वित्त कम्पनीहरुले लगानी गर्न पाउने छन् भने असोज २१ गते सम्म उक्त रकम रिपोमा लगानी गर्ने वित्तिय संस्थाहरुले फिर्ता पाउने छन् । रिभर्स रिपोमा लगानी गर्न चाहने तोकिएका बैंक तथा वित्तिय संस्थाहरुले आईतबार ३ बजे सम्म अनलाईन बिकिङ्ग सिस्टममा आवेदन दर्ता गरिसक्नु पर्ने केन्द्रिय बंैकले जानकारी दिएको छ ।

राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा लगानी योग्य पुजीँको अभाव भएमा रिपो जारी गरि वित्तिय बजारमा पैसा पठाउने गर्दछ भने अधिक तरलता भएमा संस्थागत निक्षेप कर्ता तथा व्यक्तिगत निक्षेपकर्ताहरुको निक्षेपको व्याँजदरमा नकारात्मक असर पर्ने हुदाँ रिर्भस रिपो जारी गरि पैसा उठाउने गर्दछ । राष्ट्र बैंकका अनुसार हाल वित्तिय बजारमा करिब ५० अर्ब रुपैयाँ अधिक तरलता छ ।

यसैगरि राष्ट्र बैंकद्धारा सार्वजानीक चालु आर्थिक बर्षको पहिलो महिनाको तथ्यांक अनुसार केन्द्रिय बैंकले साउनमा मात्र ८० अर्ब रुपैयाँ तरलता प्रशोचन गरेको छ । विभिन्न बैंकिङ्ग उपकरणहरुको प्रयोग गरि उक्त रकम राष्ट्र बैंकले १ महिनामा मात्र प्रशोचन गरेको हो । सार्वजानीक तथ्यांंक अनुसार निक्षेप संकलन बोलकबोल मार्फत ७९ अर्ब ६५ करोड रुपैयाँ र रिर्भस रिपो मार्फत ७० करोड रुपैयाँ उक्त महिनामा प्रशोचन भएको छ । अधिल्लो बर्षको सोही अबधीमा राष्ट्र बैंकले ७३ अर्ब ५० करोड रुपैयाँ तरलता प्रशोचन गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *