कैलाश विकास बैंक आईपिएस ई पेमेन्टमा आवद्ध
काठमाण्डौ, १५ असोज । कैलाश बिकास बैंकले कनेट आईपिएस ई पेमेन्ट सेवा संचालनमा ल्याएको छ । नेपाल राष्ट्र बैंक र बैंक वित्तीय संस्थाहरुबाट प्रवद्घित नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेट आईपिएस ई पेमेन्ट प्रणालीमा बैंले आजबाट कारोबार शुरु गरेको छ ।
बैंकका ग्राहकहरुले यस प्रणाली मार्फत आफ्नो बैंक खाताबाट प्रति कारोबार १ लाख रुपैयाँ सम्मको अनलाईन भुक्तानीहरु गर्न सक्छन् ।
यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबारहरु गर्न सक्ने व्यवस्था रहेका छन् ।