Date

बुध, बैशाख २६, २०८१
Wed, May 8, 2024

चिनी आयातमा परिमाणात्मक बन्देजको लाभ उठाउँदै व्यापारीले मनपरी मूल्य बढाए

चिनी आयातमा परिमाणात्मक बन्देजको लाभ उठाउँदै व्यापारीले मनपरी मूल्य बढाए

काठमाडौं, १६ असोज । सरकारले चिनी आयातमा लगाएको परिमाणात्मक बन्देजको फाइदा उठाउँदै व्यापारीहरुले प्रतिकिलो चिनीमा १५ रुपैँया सम्म मूल्य बढाएर ८० रुपैँया प्रतिकेजी पुर्याएका छन् ।

दुई साताअघि सरकारले चिनी आयातमा परिमाणात्मक बन्देज लगाउनुअघि बजारमा ६५ रुपैँया प्रतिकिलो चिनी उपलब्ध हुन्थ्यो । सरकारी सहुलियतमा उत्पादित चिनीले विश्व बजारमा चिनीको मूल्य गिराएकाले स्वदेशी उद्योगहरुले चिनी बिक्री गर्न नसकेको भन्दै सरकारले आयातमा परिमाणात्मक बन्देज लगाउनुअघि चिनीको भन्सार दोब्बर वृद्धि गरी ३० प्रतिशत पुर्याएको थियो । त्यति गर्दा पनि आयातीत चिनीका कारण स्वदेशी उद्योगीले चिनी बिक्री गर्न नसकेको भन्दै सरकारले सबैभन्दा बढी चिनी खपत् हुने ठूला चाडहरु दशैं, तिहार र छठको मुखमा चिनी आयातमा परिमाणात्मक बन्देज (क्वान्टिटेटीभ रेस्ट्रिक्सन) लगाइदियो ।

सरकारले यो वर्षका लागि एक लाख टनसम्म चिनी आयात गर्न अनुमति दिएको छ । यस आर्थिक वर्षमा सो परिमाणको हाराहारीमा चिनी आयात भैसकेको आयातकर्ताहरु बताउँछन् । दशैं, तिहार र छठलाई लक्षित गर्दै खोलिएका सुपथ मूल्य पसलमा समेत चिनीको मूल्य ७० रुपैँया केजी तोकिएको छ । सरकारले परिमाणात्मक बन्देज लगाएपछि आयातकर्ताहरुले समेत चिनीको मूल्य बढाएका छन् । सरकारले आपूर्ति घटाइदिएको मौका छोपेर उनीहरुले बढी माग हुने समयमा चिनीको कृत्रिम मूल्यवृद्धि गरेर उपभोक्तालाई मारमा पारेपनि यसबारेमा सरकार मौन देखिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x