Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

डिभि आज साँझबाट, कार्तिक २० गते सम्म भर्न सकिने

काठमाडौं, १७ असोज । सन् २०२० का लागि अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को आवेदन आजबाट खुल्दैछ । नेपाली समयअनुसार बेलुकीबाट आवेदन खुला हुने काठमाडौस्थित अमेरिकी दूतावासले जानकारी दिएको छ ।

डिभी भर्नका लागि कुनै शुल्क तिर्नु नपर्ने दूतावासले जनाएको छ । भर्नका लागि आवश्यक्ता अनुसार परिवारका सदस्य, साथी वा जान्नेसँग सहयोग लिन आग्रह गर्दै दुतावासले रकम तिरेर कन्सल्टेन्टको सहयोग नलिन आग्रह गरेको हो । आफै डिभी भर्न चाहनेहरुले तोकिएको समयभित्र www.dvlottery.state.gov वेवसाइटमा गएर डिभीका लागि आवेदन भर्न सक्नेछन् ।

डिभी भर्ने म्याद आगामी कार्तिक २० गतेसम्मका लागि तोकिएको छ । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि डिभी चिठ्ठा कार्यक्रम बन्द हुने हल्ला चले पनि उनको कार्यकालमा दोस्रो पटक डिभी खुलेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x