Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

नोटको प्रयोगमा सचेत हुन राष्ट्र बैंकको आग्रह

नोटको प्रयोगमा सचेत हुन राष्ट्र बैंकको आग्रह

काठमाडौं, १८ असोज । नोटको प्रयोग र त्यसको हिफाजतबारे नेपाल राष्ट्र बैंक मात्र होइन विभिन्न बैंक तथा वित्तिय संस्थाहरुले पनि जनचेतना जगाउने काम गर्दै आइरहेका छन् । तर पनि त्यसलाई व्यवहारमा कार्यान्वयन नगरिदा नोटमा लेख्ने, दोबार्ने लगायतका कामहरु भइरहेका छन् ।

त्यस्तै एउटा उदाहरण हो माथि दृष्यमा देखिएको नोट । एक बैंकको एटिएमबाट निकालिएको २० हजार रुपैयाँ मध्ये ६ वटा हजार दरका नोटमा कोरिएको छ । यो सर्वसाधारण मात्र नभई कहिले काही बैंककै कर्मचारीहरुबाट समेत हुने गरेको नेपाल राष्ट्र बैंकका नोट व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले बताए । सचेतना कार्यक्रम संचालन गरेपनि त्यसलाई प्रभावकारी रुपमा कार्यान्वयन नगरिदिदा नोटमा मनलाग्दी लेख्ने र दोबार्ने बानीमा कमि नभएको भन्दै उनले नोटको प्रयोगमा सचेत हुन सबैलाई आग्रह गरे ।

‘हरेक वर्ष झै यस पटक पनिचाडपर्वलाई लक्ष्ति गरि नेपाल राष्ट्र बैंकले नयाँ नोट बजारमा ल्याउदै छ । उनले भने–त्यो नोटको प्रयोगमा हामीले ध्यान दिएनौ भने त्यसको आयु चाडै सकिन छ । जुन नेपालकै लागि घाटा हो । ’

भर्खरै लागु भएको मुलुकी संहितमा पनि यस विषयमा कडा व्यवस्था लागु भएको कारण अवका दिनमा केही कमि आउने विश्वास उनको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x