Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

दशैंको सामान आयात गर्न केरुङ नाकामा चाप, १५ सय कन्टेनर नाकामा

दशैंको सामान आयात गर्न केरुङ नाकामा चाप, १५ सय कन्टेनर नाकामा

काठमाडौं, १९ असोज । भूकम्पपछि तातोपानी नाका बन्द हुँदा चीनबाट गरिने सामान आयातको भार केरुङ नाकालाई परेको छ ।

छिमेकी मुलुक चीनबाट दशैंका लागि सामान आयात गरिएको कन्टेर अहिले रसुवाको केरुङ नाका हुँदै नेपाल भित्रिरहेका छन् । दैनिक ४० देखि ५० कन्टेर नेपाल भित्रिने गरेका छन् । दशैंका लागि आवश्यक लत्ताकपडा लगायतका सामानहरु उक्त नेपाल आयात गरिरहेको हिमालय सिमापार वाणिज्य संघका अध्यक्ष बच्चु पौडेलले जानकारी दिएका छन् ।

लत्ताकपडा, जुत्ता, लगायतका सामान आयातमा नेपाल चीनसँग बढि नजिक रहेको छ । विकासोन्मुख मुलुक नेपालका लागि चीनले पनि नेपालीको आयस्तर अनुसार नै सामान उत्पादन गर्ने गरेको छ । दशैं नजिकै आइसक्दा केरुङ नाकामा कन्टेनरको चाप बढेको पोडेलले बताए ।

तातोपानी नाकामा सुख्खा बन्दरगाह निर्माणको काम अन्तिम चरणमा पुगेको र आगामी दशैंसम्म दुवै नाकाबाट सामान आयात गर्न सकिने उनले जानकारी दिए ।

तातोपानी नाका बन्द हुँदा अहिले करिब १५ सय सामान बोकेका कन्टेनर केरुङ नाकामा रहेको छन् र दैनिक ५० सम्म कन्टेनर नाकाबाट नेपाल भित्रिने गरेका छन् ।

कन्टेनर नेपाल भित्रिन कुनै समस्या नरहेको पौडेलले जानकारी दिए । तर, अमेरिकी डलर बढेका कारण नेपाली मुद्रा कमजोर भएपछि त्यसको असर आयातीत सामानमा देखिने भन्दै दशैं बजार महङ्गो हुने उनको भनाइ छ । बढि मुल्य तिरेर नेपाल भित्रिएका सामानको मुल्य स्वतः बढ्ने छ । पेट्रोलियम पद्धार्थको मुल्य बढेका कारण पनि सामान आयात गर्दा ढुवानी पनि बढ्ने छ । यस्तै गत साता सरकारले बढाएको भन्सार मुल्यांकनको असर आयातीत सामानमा पर्ने छ । यसैकारण दशैं बजार महङ्गो हुने देखिन्छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x