Date

मङ्ल, असार २४, २०८२
Tue, July 8, 2025

१२१४.३६ विन्दुमा नेप्से परिसुचक

१२१४.३६ विन्दुमा नेप्से परिसुचक

काठमाडौं, २१ असोज । साताको पहिलो दिन आईतबार नेप्से परिसुचक दोहोरो अंकले घटेको छ । नेप्से परिसुचक १३.०१ अंकले घटेर १२१४.३६ विन्दुमा कारोबार बन्द भएको छ ।

आईतबार कारोबार भएका कुल १ सय ६० कम्पनीको १३ लाख ३६ हजार ५ सय २६ कित्ता शेयर खरिद बिक्री हुदाँ ४० करोड ७५ लाख १ हजार ४ सय ८१ रुपैयाँको कारोबार भएको हो ।

आईतबार दोस्रो बजार मापन गर्नेे सेन्सेटिभ परिसुचक पनि २ दशमलव ७१ अंकले ओरालो लागि २ सय ५७ दशमलव ५३ विन्दुमा पुगेकोे छ ।
आज नेप्सेमा सबै भन्दा बढी नेपाल लाईफ ईन्स्योरेन्स कम्पनीको कारोबार भएको छ । साताको पहिलो दिनमा नै कम्पनीको २ करोड ६ लाख ३१ रुपैयाँ बराबरको शेयर खरिद बिक्री भएको छ ।

आईतबार नेप्सेमा उत्पादन तथा प्रसोधन समुहमा २ दशमलव ५१ अंक र अन्य समुहमा ९१ दशमलव ९२ अंकको वृद्धि बाहेक अन्य समुहका सुचकहरु घटेका छन् ।

उक्त दिनमा निर्जीवन बीमा समुहमा १ सय २ दशमलव २५ अंक, जीवन बीमा समुहमा ५४ दशमलव २९ अंक, होटल समुहमा ३६ दशमलव २२ अंक, विकास बैंक समुहमा २१ दशमलव २२ अंक, लघुवित्त समुहमा १८ दशमलव ८६ अंक, बैंकिङ्ग समुहमा १३ दशमलव ५२ अंक, फाइनान्स ५ दशमलव ८८ अंक र जलविद्युत समुहमा २ दशमलव ८३ अंकको गिरावट आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *