Date

आइत, मंसिर २३, २०८१
Sun, December 8, 2024

स्पार्क वीक २०१७ सुरु

स्पार्क वीक २०१७ सुरु

काठमाडौं, ७ मंसिर । नेपालमा पहिलो पटक ‘स्पार्क वीक २०१७ बुधबारदेखि सुरु भएको छ ।उद्यमशिलतालाई प्रोत्साहन तथा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल आर्थिक पत्रकार समाज सेजनसंगको समन्वयमा नेपाल इन्टरप्रेनियरसीप हबले काठमाडौंमा १० गतेसम्म ‘ग्लोबल इन्टरप्रेनियरसीप विक २०१७’ आयोजना गरेको हो ।

नोभेम्बर महिनालाई उद्यमशिलताका नाममा विश्व व्यापी रुपमा मनाइदैँ आएको अवस्थामा हबले नेपालमा पनि सुरुवात गरेको हो । सबै स्टेक होल्डर्सलाई एकै स्थानमा ल्याएर उद्यमशिलता सम्वन्धि छलफल तथा बहसको लागि यो कार्यक्रम आयोजना गरिएको आयोजकले बताएको छ।

बुधबारदेखि सुरु भएको उक्त वीकको पहिलो दिन मिडिया र उद्यमशिलताका विषयमा छलफल भएको छ । उक्त छलफलमा सहभागि कारोबार दैनिकका सम्पादक कुवेर चालिसेले मिडियाले उद्यमी नबनाउने तर उद्यमशीलतामा लाग्नेलाई मिडियाले सहयोग गर्ने बताए । यस्तै, बाह्रखरी अनलाइन पत्रिकाका प्रधान सम्पादक प्रतिक प्रधानले मिडियाहरुले उद्यमशिलतालाई प्रोत्साहन हुने काम गर्ने बताए ।

हवका संस्थापक सुमन शाक्यले मिडियाले सबै क्षेत्रलाई स्थान दिएजस्तै स्टार्ट अप तथा इन्टरप्रेनरसिपलाई पनि प्राथमिकतामा राख्न आवश्यक भएको बताए । मिडियाले उद्योग, ट्रेडिङलाई दिएको जस्तै इन्टरप्रेनरसिपलाई पनि स्थान दिनुपर्ने उनले बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x