Date

मङ्ल, चैत्र २५, २०८१
Tue, April 8, 2025

मेलम्चीको पानी तिहार लगत्तै

मेलम्चीको पानी तिहार लगत्तै

काठमाडौं, २८ असोज । यो दशैँसम्ममा काठमाडौंमा पानी पु¥याउने दावी गरिए पनि मेलम्ची खानेपानी आयोजनाको काम सकिन अझै एक महिनाभन्दा बढी लाग्ने अधिकारीहरूले बताएका छन् ।

सुरुङभित्रको ढलानको काममा पछिल्लो तीन महिनामा उल्लेख्य प्रगति भएको भन्दै दशैँको सट्टा अब तिहार लगत्तै पूरा हुने अधिकारीहरूको भनाइ छ ।

मेलम्ची खानेपानी आयोजनाको काम अहिले ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ । सम्झौता गरेभन्दा धेरै काम गर्नुपरेको भन्दै डेढ अर्ब रुपैयाँभन्दा बढी रकम दावी गरेर काम अवरुद्ध गरेको इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको विवादमा सहमति पछि पछिल्लो तीन महिनामा द्रुत गतिमा काम भएको अधिकारीहरू बताउँछन् ।

जानकारहरूले चाहिँ प्राविधिक समस्या नभए पनि ठेकेदार र आयोजनाबीचको आर्थिक समस्या सुल्झाउन नसकेमा व्यवस्थापकीय समस्या उत्पन्न हुन सक्ने बताएका छन् ।

१७ वर्षदेखि निर्माण थालिएको उक्त खानेपानी आयोजनाको मेलम्चीदेखि सुन्दरीजलसम्मको साढे २७ किमी सुरुङ खन्ने काम सकेर अहिले सुरुङभित्रको ढलानको काम चलिरहेको छ ।

बिबिसी नेपालीबाट साभार गरिएको

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x