नघट्ने भो ऋणको व्याजदर
काठमाडौं, ०४ कात्तिक । वाणिज्य बैंकहरुले ऋणको व्याजदर घटाउन नसकिने बताइको छ ।
बैंकहरुले चालु आर्थिक वर्षको सुरुमा ऋणको व्याजदर १० प्रतिशत भन्दा कम गर्ने बताएका थिए । तर, दोस्रो त्रैमासिकमा आइपुग्दा पनि बैंकहरुको बेस रेट घट्न नसकेका कारण अहिले ऋणको व्याजदर घटाउन नसकिने सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताएका छन् । अहिले वाािण्ज्य बैंकहरुले ११ प्रतिशतदेखि १५ प्रतिशतसम्म कर्जाको व्याज लिदै आएका छन् । मौद्रिक नीति मार्फत् केन्द्रीय बैंकले वाािण्ज्य बैंकहरुका लागि बेस रेट १०.१२ प्रतिशत निर्धारण गरेको छ ।
सरकारले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अवधीमा ३ प्रतिशतभन्दा कम पुँजीगत खर्च गरेको कारण त्यसको असर बैंकिङ प्रणालीमा देखिएको छ । जसका कारण राष्ट्र बैंकमा सरकारी पैसा थुप्रिन जादा अहिले बैंकहरुमा तरलता देखिएको छ । तरलताका कारण नै प्राय बैंकहरुसँग अहिले नयाँ ऋण प्रवाहका लागि पनि रकम नभएको दाहालले बताए ।
उनका अनुसार जेठ र असर केन्द्रित पूँजीगत खर्चका कारण साउन महिनासम्म बैंकहरुमा लगानीयोग्य रकम अधिक भएको भएपनि भदौबाट ऋणको माग बढ्न थाल्यो । ऋणको माग बढे अनुरुप सरकारी खर्च बढ्न सकेको छैन । सरकारी खर्च बढ्न नसकेको र राष्ट्र बैंकमा रकम थुप्रियका कारण चलायमान पुँजीको अभाव हुन पुगेको छ । अहिले ऋणको व्याज घटाउने भन्दा पनि माग अनुसारको ऋण कसरी उपलब्ध गराउने भन्ने बैंकको टाउको दुखाइ बनेको छ ।