Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

नेप्से परिसूचक उक्लियो

नेप्से परिसूचक उक्लियो

काठमाडौं, ०४ कात्तिक । नेपाल स्टक एक्सेन्चमा सूचिकृत कम्पनीहरुको परिसूचक बढेको छ । दशैंको बिदा पछि आजबाट खुलेको नेप्से परिसूचक ४.८९ अंकले बढेको छ । कारोबार खुल्दा केहि घटेको भएपनि परिसूचक १२४६.५२ विन्दुमा उक्लिएको हो ।

अन्य समुहका सूचक भने मिश्रित देखिएको छ । आज वाणिज्य बैंक ६.५९, विकास बैंक ३.८५, फाइनान्स २.२९, अन्य ५.२३ र जीवन बिमा समुह ३४.७ले बढेका छन् भने होटल १५.१२, जलविद्युत ६.६७, निर्जीवन बीमा १.८८, उत्पादनमूलक समुह १०.८३र लघुवित्त समुह ४.३९ अंकले घटेका छन् ।

परिसूचक करिब ५ अंकले बढेको भएपनि कारोबार रकम भने १४ करोड रुपैयाँ मात्रै देखिएको छ । कुल १२४ कम्पनीहरुको ७ लाख ७३ कित्ता सेयर किनबेच भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x