Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

नेशनल माइक्रोफाइनान्सको नाफा ३४ प्रतिशतले बढ्यो

काठमाडौं, ८ कात्तिक । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा २ करोड ६४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। नेशनलको नाफा गत वर्षको सोही अवधीको भन्दा ३४.२१ प्रतिशतले बढी हो । गत वर्ष १ करोड ९७ लाख २३ हजार रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी पनि ३६.०५ प्रतिशतले मात्र बढाएर ५ करोड ३४ लाख रुपैयाँ पुर्याएको छ । त्यस्तै सञ्चालन नाफा ३ करोड ९ लाख रुपैयाँबाट बढाएर ४ करोड १५ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ । यो गत वर्षको तुलनामा ३४.२१५ धेरै हो ।

निक्षेप संकलन ४० करोड रुपैयाँबाट बढाएर ८४ करोड २१ लख ३३ हजार रुपैयाँ पुर्याएको नेसनलले २ अर्ब ६३ करोड ५७ लाख ८३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । यस कम्पनीको चुक्ता पुँजी १५ करोड ४ लाख ४५ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा १४ करोड ९३ लाख २ हजार रुपैयाँ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x