Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ग्लोबल आइएमई लघुवित्तको साधारण सभा कात्तिक २९ मा

ग्लोबल आइएमई लघुवित्तको साधारण सभा कात्तिक २९ मा

काठमाडौं, ८ कात्तिक । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको कात्तिक २९ गते साधारण सभा हुने भएको छ । सो साधारण सभामा कम्पनीले १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।

लघुवित्तले बोनसमा १ करोड ४४ लाख ७ हजार ५०० रुपैयाँ र करमा ७ लाख ५८ हजार २८९ रुपैयाँ रुपैयाँ खर्च गर्नेछ । बोनस वितरणपछि कायम चुक्ता पुँजीबाट १०० प्रतिशत बिक्री गर्ने एजेन्डा पनि साधारण सभामा पेश गरिने छ ।

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक १६ गते बुक क्लोज गर्नेछ । कात्तिक १५ गतेसम्म कायम सेयरधनीले बोनस सुरक्षित गर्न सक्नेछन् । हाल यस कम्पनीको चुक्ता पुँजी ९ करोड ६० लाख ५० हजार रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x