Shangrila

एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा भाग लिन मन्त्री पुन सर्विया प्रस्थान

काठमाडौं, ८ कात्तिक । ऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन सर्वियाको राजधानी बेलग्रेडमा आयोजना हुन लागेको युरो एसियन इनर्जी सेक्युरिटी फोरमको सम्मेलनमा सहभागि हुने भएका छन् । सम्मेलनमा भाग लिन मन्त्री पुन आज त्यसतर्फ प्रस्थान गरेका हुन्।

सम्मेलन शुक्रबार र शनिबार दुई दिनसम्म चल्नेछ। मन्त्री पुनसँगै ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरे भ्रमण दलमा सहभागि छन् । सम्मेलनलाई मन्त्री पुनले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसका साथै उनले आफ्ना समकक्षी ऊर्जा र माइन हेर्ने सर्वियाका मन्त्री अलेकजेन्डर एन्टिकसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ।

सर्विया भ्रमणका क्रममा मन्त्री पुनले त्यहाँका प्रथम उपप्रधानमन्त्री इभिका डाकिकसँग पनि भेटवार्ता गर्ने छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *